चितवन क्षेत्र नं २ प्रदेश (१) मा दाहाल विजयी

Date:December 10, 2017

घनश्याम दाहाल

चितवनको क्षेत्र नं २ प्रदेशसभा (१) मा वाम गठबन्धनका उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र)का घनश्याम दाहाल २० हजार ३८१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले १५ हजार ६६३ मत प्राप्त गर्नुभएको छ । दाहाले श्रेष्ठलाई चार हजार ७१८ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

 


Loading...

Facebook