चालिस स्थानीय तह, ७५८ वडाको मतपरिणाम सार्वजनिक

Date:September 22, 2017

मतपरिणाम सार्वजनिक

तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज(शुक्रबार) बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र) ८, राष्ट्रिय जनता दल नेपाल ६, नेकपा (एमाले) ५, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दलका एकजना उम्मेदवार विजयी हुनुभएको छ ।

यसैगरी, अहिलेसम्म ७५८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

चौबीस वटा स्थानीय तहसहित ६१० वडाको मतपरिणाम सार्वजनिक


Loading...

Facebook