कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी

Date:September 25, 2017

कञ्चनरुप नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।

एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याउनुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उहाँको निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गर्नुभएको थियो भने माओवादी तेस्रो स्थानमा रहेको छ ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित हुनु सुःखद पक्ष नभएको विश्लेषकको भनाइ छ ।

महोत्तरीका सबै तहको मतगणना सकिंदा राजपा पहिलो, एमाले शून्य


Loading...

Facebook