कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

Date:May 16, 2017

कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।

नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा (एमाले) ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

मंगलबार बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ ।


Loading...

Facebook