किसान पार्टीका सुनिल प्रजापतिलाई १३ हजार बढी मत अन्तरले अग्रता

Date:May 19, 2017

भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले झण्डै १३ हजार बढी मत अन्तरले अग्रता लिएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतअन्तर यो नै सबैभन्दा बढी हो ।

भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार प्रजापतिले १८ हजार ८० मत पाएका छन् । नेपाली कांग्रेसका रामप्रसाद बासुलाले ५ हजार ४ सय ८६ मतसहित प्रजापतिलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार विष्णु सुवालको ३ हजार १५ मत छ ।

यसैगरी उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीकी रजनी जोशी १८ हजार २ सय ३९ मतसहित अग्रस्थानमा छिन् । कांग्रेसकी गंगालक्ष्मी अवालले ५ हजार २९५ र एमालेकी कृष्णमाया बोयजुले ३ हजार ३०५ मत पाएकी छन् ।

भक्तपुरका कुल १० वडामध्ये ८ वटा वडाको मत गणना भइसकेको छ । भक्तपुरका कुल १० वडामध्ये ८ वटा वडाको मत गणना भइसकेको छ । अब ९ र १० वडाको ८ हजार ४ सय मत गणना गर्न बाँकी छ ।


Loading...

Facebook