नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद रविन्द्र अधिकारीले विजयको ह्याट्रिक गर्नुभएको छ । हालै सार्वजनिक नतिजा अनुसार अधिकारी कास्की क्षेत्र नं. २ मा विजयी हुनुभएको हो ।
यसअघि अधिकारी संविधानसभाको २०६४ र २०७० को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. ३ बटा विजयी हुनुभएको थियो ।
अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पछि पार्दै बिजयी हुनुभएको हो ।
अधिकारिले २७,२०७ मत प्राप्त गर्नुभयो भने चालिसेले १८,६६१ मत प्राप्त गर्नुभएको थियो ।
कास्की क्षेत्र न १ र ३ को प्रतिनिधि सभाको मत गणना जारी रहेको छ । भने प्रदेश सभामा कास्की २ (१) बाट बाम गठबन्धनका कृष्ण थापा र कास्की २ (२) बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा बिजयी हुनुभएको छ ।