कञ्चनपुर– ३ प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी

Date:December 12, 2017

कन्चनपुर

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको छ ।

सोही निर्वाचन क्षेत्रको (ख) प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।


Loading...

Facebook