कञ्चनपुर–२ मा धामी निर्वाचित

Date:December 11, 2017

धामी र साउद

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा (एमाले)का नरबहादुर धामी निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न मतगणनाअनुसार निर्वाचित उम्मेदवार धामीले ३३ हजार २२० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउदलाई पराजित गर्नुभएको छ ।

काँग्रेस उम्मेदवार साउँदले २४ हजार ८९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा सदस्यमा वाम गठबन्धनकै उम्मेदवार महेशदत्त जोशी र लालबहादुर खड्का निर्वाचित हुनुभएको थियो ।

डोटीबाट एमालेका आलेमगर विजयी


Loading...

Facebook