एक सय २२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

Date:September 24, 2017

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित छ भने संघीय समाजवादी फोरम दोस्रो। राष्ट्रिय जनताा पार्टी तेस्रो स्थानमा छ ।

अहिलेसम्म नेपाली काँग्रेस ३६, नेकपा एमाले १६, नेकपा माओवादी केन्द्र २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।

आयोगमा अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।


Loading...

Facebook