एक सय १६ र एक सय ३ वर्षीयाद्वारा मतदान

Date:September 18, 2017

प्रदेश नं २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा शताब्दी आयु पार गरेको मतदाताले पनि मतदानमा उत्साहजनक भाग लिएका छन् ।

सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गर्नुभएको छ । त्यस्तै सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।

राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गर्नुभएको थियो । सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गर्नुभएको बताइएको छ ।

यसैबीच तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरी जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको र १० बजेसम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताउनुभयो ।

अत्यन्त हर्षोल्लासका साथ लामबद्ध भई महिला, पुरुष तथा युवायुवती मतदान कार्यमा धैर्यपूर्वक मतदान गरिरहेको अनुगमनका क्रममा पाइएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा पाँच हजार ५२७ उम्मेदवारलाई तीन लाख ३१ हजार ७९ मतदाताले मतदान गर्दैछन् ।

धनुषामा शान्तिपूर्ण ढंगले मतदान


Loading...

Facebook